माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
आइतबार बसेको सीसीएमसीको बैठकले माघ १५ गतेदेखि देशभरका विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन्।
काठमाडौं, पुस २६ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय समिति (सीसीएमसी) को सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ।
आइतबार बसेको सीसीएमसीको बैठकले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन्।
सीसीएमसीको सिफारिसपछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरु सोमबार बिहान छलफलमा जुटेका थिए।
मन्त्रालय सूचना जारी गर्ने तयारीमा रहेको समेत प्रवक्ता शर्माले बताएका छन्। ‘सीसीएमसीकै सिफारिस अनुसार हामी सूचना जारी गर्ने तयारीमा छौं,’ शर्माले भने।
प्रकाशित मिति: १२:३५ बजे, सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











