एमाले सिन्धुली अध्यक्षमा कुमार कार्की निर्वाचित
सिन्धुली, पुस २६ : एमाले सिन्धुली जिल्ला कमिटीे अध्यक्षमा कुमारबहादुर कार्की चयन भएका छन्। जिल्ला कमिटीेको सातौं अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो। शुक्रबार सुरु...
सिन्धुली, पुस २६ : एमाले सिन्धुली जिल्ला कमिटीे अध्यक्षमा कुमारबहादुर कार्की चयन भएका छन्।
जिल्ला कमिटीेको सातौं अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो। शुक्रबार सुरु भएकाे अधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आइतबार निर्वाचन भएको थियो। सुरूमा पदाधिकारीकाे मत गणना भएकाे थियाे। त्यसकाे नितजा आज (सोमबार) बिहान आएकाे थियाे।
यसअघि जिल्ला अध्यक्ष प्रदीप कटुवाललाई ८० मतले पछि पार्दै कार्की अध्यक्षमा विजयी भएका हुन्। कटुवाल वाग्मती प्रदेशसभा सदस्यसमेत हुन्। नवनिर्वाचित अध्यक्ष कार्की भने यसअघि जिल्ला कमिटी सचिवालय सदस्य थिए।
कार्कीले ४८८ मत प्राप्त गर्दा कटुवाल ४०८ मत प्राप्त गरे। निर्वाचन समितिका अनुसार कुल मतदाता ९२३ रहेकोमा ९०४ मत खसेको थियो।
जिल्ला कमिटी उपाध्यक्षमा कर्ण घिसिङ निर्वाचित भएका छन् भने सचिवको जिम्मेवारी नारायण बरालले पाएका छन्। बराल सचिवमा निर्विरोध निर्वाचित भएका हुन्। उपसचिवद्वयमा मञ्जु देवकोटा र रस्मिला देवकोटा निर्वाचित भएका छन्।
जिल्ला कमिटी सदस्यमध्ये केही क्लस्टरमा निर्विरोध निर्वाचित भइसक्दा केही क्लस्टरका लागि भएको मतगणना हुन बाँकी रहेको नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सदस्य तारानिधि पोखरेलले जानकारी दिए।
उनका अनुसार खुला, आदिवासी जनजाति १२, दलित क्लस्टरको मत गन्न बाँकी छ। त्यसैगरी कमलामाइ नगरपालिका, तीनपाटन र फिक्कल गाउँपालिकाबाट छानिने सदस्यका लागि पनि निर्वाचन भएको थियो।
अब केहीबेरमा उनीहरुको मतगणना सुरु हुने सदस्य पोखरेलले बताए। सिन्धुली जिल्ला कमिटी १०५ सदस्यीय हुने उनले बताए।











