आनन्द बतास आध्यात्मिक व्यक्ति हुन्, चरित्रहत्या गर्नु ठिक होइन : कमल थापा

काठमाडौं, पुस २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले आनन्दराज बतासको बचाउ गरेका छन्। देशभरका अधिकांश सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बतासको चर्को आलोचना हुन थालेपछि थापाले सामािजक सञ्जालमार्फत बतासको बचाउ गरेका हुन्।
उनले बतासविरुद्ध चौतर्फी हमलाका पछाडि विभिन्न रहस्य समेत हुनसक्ने शंका व्यक्त गरेका छन् । आफूले चिनेको बतास सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर उद्यमी रहेको उनको भनाई छ। ‘मैले चिनेको बतास सामान्य अवस्थाबाट संघर्षगर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।
बतासबाट कानूनको उल्लंघन भएको छ भने कानूनी कारवाही गरिनुपर्ने उनले बताए । ‘उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ।चरित्रहत्या गरिनु ठिक होइन,’ उनले लेखेका छन्।
आनन्दराज बतास बिरुद्ध अहिले चौतर्फी हमला भैरहेको छ।भित्री रहस्य थाहा छैन।मैले चिनेको @RajBatas सामान्य अवस्थाबाट संघर्षगर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्।उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ।चरित्रहत्या गरिनु ठिक होइन
— Kamal Thapa (@KTnepal) January 10, 2022











