३९ जिल्ला र दुई विशेष एमालेको नेतृत्व चयन, कुन जिल्लामा को बने अध्यक्ष ? (सूचीसहित)
काठमाडौं, पुस २६ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३९ जिल्लामा नेतृत्व टुंगो लगाएको छ। देशभरका ६३ जिल्लामा शुक्रबारदेखि सुरु भएको अधिवेशन सोमबार बिहानसम्म...
काठमाडौं, पुस २६ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३९ जिल्लामा नेतृत्व टुंगो लगाएको छ। देशभरका ६३ जिल्लामा शुक्रबारदेखि सुरु भएको अधिवेशन सोमबार बिहानसम्म आइपुग्दा ३९ जिल्ला र दुई विशेष जिल्लामा नेतृत्व चयन गर्न सफल भएको हो।
अध्यक्ष ओलीले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्न आह्वान गरेपछि अधिकांश जिल्लाहरुमा सहमतिमै अध्यक्ष चयन भएका छन्। सहमति हुन नसकेको जिल्लाहरुमा भने मतदान भएका छन्।
मतदान सम्पन्न भएका जिल्लाहरुमा मतगणना समेत जारी रहेका छन्।
अधिवेशन हुन नसकेका जिल्लाहरुमा पनि अधिवेशन गर्ने तयारी भइरहेको एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । उनले आइतबार सिराहा पुगेर जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । यससंगै अधिवेशन हुने जिल्लाको संख्या ६४ पुगेको छ।
हालसम्म निर्वाचित अध्यक्षकाे सूची
प्रदेश १
१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६ः पाँचथर – राजकुमार भण्डारी
७ः भोजपुर –शरण राई
८. इलाम- महेश बस्नेत
९. साेलुखुम्बु- डुफकुमार बास्ताेला
प्रदेश २
१. सप्तरी – ताराकान्त चौधरी
वागमती
१. धादिङ – भूमी त्रिपाठी
२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
३. भक्तपुर – बचन देउजा
४. रसुवा – कर्णेल तामाङ
५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
६. नुवाकोट – बद्री मैनाली
७. मकवानपुर – एकलाल श्रेष्ठ
८. काठमाडाैं – दीपक निराैला
९. ललितपुर – पुरुषोतम आचार्य
१०. सिन्धुली- कुमारबहादुर कार्की
गण्डकी
१. गोरखा – प्रेम गुरुङ
२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३. म्याग्दी – देवेन्द्र केसी
४. लमजुङ – कृष्णप्रसाद अधिकारी
५. बागलुङ- हिराबहादुर केसी
लुम्बिनी
१. पाल्पा – धनेन्द्रराज घिमिरे
२. गुल्मी – बालकृष्ण काउछा मगर
३. अर्घाखाची – पिताम्बर भुसाल
४. बाँके – किस्मत कुमार कक्षपती
५. बर्दिया – लालबहादुर श्रेष्ठ
६. दाङ – हुकुमबहादुर बस्नेत
७. रुपन्देही – तेजेन्द्र केसी
८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)
९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)
कर्णाली
१. डोल्पा – शेरबहादुर बुढा
२. सल्यान – गोविन्द पुन मगर
३. जुम्ला – शान्तिलाल महत
सुदूरपश्चिम
१. डडेल्धुरा – प्रकाश साउद
२. बैतडी- सुरेन्द्र पाल
गैरभौगोलिक जिल्ला
१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष – उमेश ढकाल











