Kathmandu Press

एमाले जिल्ला अधिवेशन ः बागलुङका अध्यक्षमा हिराबहादुर केसी निर्वाचित 

बलेवा, पुस २६ :  नेकपा (एमाले) बागलुङका अध्यक्षपदमा हीराबहादुर केसी निर्वाचित भएका छन् । कार्यबाहक अध्यक्षसमेत रहेका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा...
एमाले जिल्ला अधिवेशन ः बागलुङका अध्यक्षमा हिराबहादुर केसी निर्वाचित 

बलेवा, पुस २६ :  नेकपा (एमाले) बागलुङका अध्यक्षपदमा हीराबहादुर केसी निर्वाचित भएका छन् । 

कार्यबाहक अध्यक्षसमेत रहेका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन्। उनले ३२९ मत प्रप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी  पाठकले २२८ मत पाए। अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले ३४ प्राप्त गरे । 

उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल सर्वसम्मत निर्वाचित भएका थिए ।उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी भए। थापाले गणेश २९९ र श्रीसले २२८ मत पाएका थिए । उपसचिवमा छ जनाको प्रतिस्पर्धा थियो। 

प्रकाशित मिति: १०:४० बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्