Kathmandu Press

एमाले इलाम अध्यक्षमा महेश बस्नेत, सचिवमा उमेश गुरुङ

मङ्गलबारे, पुस २६ : नेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी डा देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गरेका...
एमाले इलाम अध्यक्षमा महेश बस्नेत, सचिवमा उमेश गुरुङ

मङ्गलबारे, पुस २६ : नेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी डा देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गरेका थिए । 

उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी भएका छन्।  

जिल्ला अधिवेशनमा ७६७ मत खसेको थियो । आठ सय छ प्रतिनिधि रहेकामा ३९ प्रतिनिधिले मत नखसालेको निर्वाचन कमिटीले जनाएको छ । मतगणना गए राति सम्पन्न भएको हो। 

प्रकाशित मिति: १०:३२ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्