Kathmandu Press

राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

काठमाडौं, पुस २६ : राष्ट्रियसभा निर्वाचनलाई स्वच्छता, निष्पक्ष, पारदर्शि तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता लागू गरिएको छ।निर्वाचन आयोगले आजादे निर्वाचन आचारसंहिता...
राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

काठमाडौं, पुस २६ : राष्ट्रियसभा निर्वाचनका लागि स्वच्छता, निष्पक्ष, पारदर्शि तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता लागू गरिएको छ।

निर्वाचन आयोगले आजादे निर्वाचन आचारसंहिता लागू गरेको हो। आजदेखि कुनै पनि व्यक्ति, निकाय तथा अधिकारीले यसका पालना गर्नुपर्नेछ। आचारसंहिता पालना गर्न सबैलाई आग्रह गरिएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आचारसंहिता सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुनेछ।

त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठनलाई समेत आचारसंहिता लागू हुने आयोगले जनाएको छ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पदधारण गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था र  नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले पनि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ।

माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ। सबै दलका उम्मेदवारलाई आयोगले चुनाव चिह्न प्रदान गरिसकेको छ।

प्रकाशित मिति: ०७:०६ बजे, सोमबार, पुस २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्