Kathmandu Press

सिसिएमसीको सिफारिसपछि के हुन्छ ए डिभिजन लिग ? 

काठमाडौं, पुस २५ : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम उच्च भएपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) सार्वजनिक स्थानमा २५ जनाभन्दा...
सिसिएमसीको सिफारिसपछि के हुन्छ ए डिभिजन लिग ? 

काठमाडौं, पुस २५ : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम उच्च भएपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नदिने सिफारिस गरेको छ।

सिसिएमसीको यस्तो निर्णयसँगै काठमाडौंमा सहिद स्मारक ए डिभिजन लिग हुने या नहुने अन्योल देखिएको छ। ए डिभिजन लिगको अहिले आठौं चरण चलिरहेको छ।

के हुन्छ त ए डिभिजन लिग भन्ने विषयमा बुझ्दा औपचारिक निर्णय आएपछि लिगका विषयमा निर्णय गरिन् अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए।

‘सिसिएमसीले २५ जनाभन्दा बढी भेला हुन नदिन सिफारिस गरेको सुनेको छु, हामीलाई अहिलेसम्म हुने जानकारी आएको छैन’ तुलाधरले भने, ‘औपचारिक पत्र आएपछि निर्णय गर्छौं । अहिल्यै केही भन्न सकिँदेन।’

प्रकाशित मिति: २०:५१ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्