Kathmandu Press

यस्ता छन् सिसिएमसी बैठकका सिफारिसहरु (निर्णयसहित) 

उक्त निर्णय मन्त्रिपरिषदमा पेश हुनेछ। मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्णय कार्यान्वयनमा आउने छन्।
यस्ता छन् सिसिएमसी बैठकका सिफारिसहरु (निर्णयसहित) 

काठमाडौं, पुस २५ : कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को बैठकले कोरोना ओमिक्रोन संक्रमण दर दिनप्रति दिन बढ्दै गएपछि सरकार समक्ष विभिन्न सिफारिस गरेको छ  ।

आज बसेको जसमा सिसिएमसी बैठकले देशभरका विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न, सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने, सार्वजनिक स्थलमा प्रवेश गर्दा र हवाई उडानमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य सहित १३ विभिन्न १३ बुँदे निर्णय गरेको छ।  

उक्त निर्णय मन्त्रिपरिषदमा पेश हुनेछ। मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्णय कार्यान्वयनमा आउने छन्।

प्रकाशित मिति: २०:१४ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्