Kathmandu Press

राजनीतिक भेला र भिडभाडजन्य गतिविधिहरु नगर्न आग्रह 

काठमाडौं, पुस २५ : सरकारले राजनीतिक भेला लगायतका भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।आइतबार बसेको कोभिड-१९ व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको बढ्दो...
राजनीतिक भेला र भिडभाडजन्य गतिविधिहरु नगर्न आग्रह 

काठमाडौं, पुस २५ : सरकारले राजनीतिक भेला लगायतका भिडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।

आइतबार बसेको कोभिड-१९ व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको हो । यदि कार्यक्रम गर्नै परेको खण्डमा पनि स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्न बैठकले अनुरोध गरेको गरिएको छ ।

यसअघि बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गर्दै सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाईने भनिसकेको छ । 

प्रकाशित मिति: १९:२१ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्