सार्वजनिक स्थलमा प्रवेश गर्दा र हवाई उडानमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य
आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनु पर्ने भएको छ ।
काठमाडौं, पुस २५ : आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनु पर्ने भएको छ ।
आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले विभिन्न सार्वजनिक स्थलमा जाँदा जस्तै कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने गरी निर्णय भएको हो ।
खोप लगाएको कार्ड मोबाइलमा खिचेर मोबाइलबाटै देखाएपनि हुने जनाईएको छ ।
प्रकाशित मिति: १९:०४ बजे, आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











