Kathmandu Press

चिसोमा ८० घरधुरीलाई न्यानो कपडा सहयोग

सिमकाेट, पुस २५ : घट्दै गएको तापक्रममा बढ्दै गएको चिसो समयमा हुम्लामा न्यानो कपडा वितरण गरिएको छ। जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेका ८०...
चिसोमा ८० घरधुरीलाई न्यानो कपडा सहयोग
Hardik ivf

सिमकाेट, पुस २५ : घट्दै गएको तापक्रममा बढ्दै गएको चिसो समयमा हुम्लामा न्यानो कपडा वितरण गरिएको छ। जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेका ८० घरधुरीलाई ब्ल्याङ्केट सहयोग गरिएको छ। आज सदरमुकाम सिमकोटमा एक कार्यक्रमबीच ८० घरपरिवारका वृद्धवृद्धासहित दलित समुदायका नागरिकलाई वितरण गरिएको हो।

बौद्ध धर्मावलम्बीहरुका धार्मिक गुरु ड्रिकुङ्ग क्याबगोन छुङसाङ छ्योकी नाङ्वा रिन्पोछेको ८०औँ जन्मोत्सवका अवसरमा राहत वितरण कार्यक्रम सञ्चालन गरिएको इन्टरनेसनल ड्रिकुङ्ग क्याबगोन काउन्सिलका संस्थाका सचिव रवीन्द्र लामाले बताए।

जिल्लामा चिसो अत्यधिक चिसो बढ्दै गएपछि बालबालिका, वृद्धवृद्धा र दलित परिवारलाई सहयोगका लागि आफूले पहल गरेर वितरण गरिएको उनले बताए। हुम्लाका भोट समुदायलाई प्रतिव्यक्ति एक जनालाई एउटा ब्ल्याङ्केटका दरले सहयोग वितरण कार्य सुरु भएको हो। यस्तै सिमकोट–३ मा रहेका लिमाटाङ, बरगाउँ, तोर्पा र हुटिक गाउँमा रहेका बौद्ध धर्म मान्ने लामा समुदायका साथै दलित घरपरिवारलाई समेत वितरण गरिने भएको सचिव लामाले बताए। हुम्लाका बौद्ध धर्म मान्ने लामाहरुका लागि ३०० वटा ब्ल्याङ्केट राहत आएको छ।

प्रकाशित मिति: १९:०१ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्