माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस
आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न सरकारलाइ सिफारिस गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
काठमाडौं, पुस २५ : कोरोना संक्रमण तीव्र रुपमा बढेपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द सरकारलाई सिफारिस गरेको छ।
आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
पछिल्लो एकसातामा मुलुकमा कोरोना संक्रमण दर ह्वात्तै बढेपछि सीसीएमसी संक्रमणको चेन ब्रेक गर्नका लागि विद्यालय बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको हो।
बैठकले प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: १८:४० बजे, आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











