Kathmandu Press

मंगलबार बाेलाइएको राष्ट्रिय सभा बैठक स्थगित, अर्को बैठक माघ ३ मा

काठमाडौं, पुस २५ : भोलि (पुस २७ मंगलबार) बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ। राष्ट्रिय सभाको अर्को बैठक माघ ३ गते दिउँसो...
मंगलबार बाेलाइएको राष्ट्रिय सभा बैठक स्थगित, अर्को बैठक माघ ३ मा

काठमाडौं, पुस २५ : पर्सि (पुस २७ मंगलबार) बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ। 

राष्ट्रिय सभाको अर्को बैठक माघ ३ गते दिउँसो १ बजे बस्नेगरी तय भएको संघीय संसद सचिवालयका महासचिव भरतराज पन्तले सूचना जारीगरेर जानकारी दिए। 

विशेष कारणवश मंगलबार बैठक बस्न नसक्ने भएकाले माघ ३ का लागि सारिएको सूचनामा उल्लेख छ।

यसअघि पुस २५ गते बस्ने तय भएको राष्ट्रिय सभाको बैठक दुई दिन पछाडि २७ गतेका लागि सारिएको थियो।

त्यसअघि पुस ५ गते राष्ट्रिय सभा बैठक बसेको थियो। एमालेका सांसदहरूले अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका थिए।

प्रकाशित मिति: १७:१८ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्