Kathmandu Press

उपत्यकामा थपिए ६१५ संक्रमित, काठमाडौंमा मात्र ४९१ जना

उपत्यकामा शनिबार ४८१, शुक्रबार ३७९, बिहीबार ३१० जनामा कोरोना देखिएको थियो।
उपत्यकामा थपिए ६१५ संक्रमित, काठमाडौंमा मात्र ४९१ जना

काठमाडौं, पुस २५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो साता काठमाडौंमा कोरोना संक्रमितको संख्यामा क्रमशः उकालो लाग्न थालेको हो। उपत्यकामा शनिबार ४८१, शुक्रबार ३७९, बिहीबार ३१० जनामा कोरोना देखिएको थियो। त्यसैगरी बुधबार उपत्यकामा २५३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा मंगलबार २२२, सोमबार १८४ र आइतबार १३७ जना संक्रमित थपिएका थिए।

पछिल्लो २४ घन्टा देशभरिमा भने थप १ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ रहेको छ।  

प्रकाशित मिति: १६:५८ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्