एकैदिन १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८४८ नमूनाको पीसीआर परीक्षण गर्दा ८४१ जनामा र ३ हजार ७८४ जनामा एन्टीजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौं, पुस २५ : नेपालमा एकैदिन १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८४८ नमूनाको पीसीआर परीक्षण गर्दा ८४१ जनामा र ३ हजार ७८४ जनामा एन्टीजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा २२४ जना डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख ३२ हजार ५८९ र एन्टीजेनतर्फ ९७ हजार ४१५ गरी ९ लाख ३० हजार ४ पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख १४ हजार २३० पुगेको छ भने हालसम्म ११ हजार ६०४ जना संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हाल मुलुकभर ६ हजार ७५५ सक्रिय संक्रमित रहेका छन्। तीमध्य ६ हजार १२७ जना होम आइसोलेसनमा छन्। त्यस्तै संस्थागत आइसोलेसनमा ६२८ जना र ११३ जना क्वारेन्टिनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेका मध्य ७० जना आइसीयू र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।