Kathmandu Press

एमाले जिल्ला अधिवेशन : २९ जिल्लामा नेतृत्व चयन सम्पन्न, कहाँ को बने अध्यक्ष?

काठमाडौं, पुस २५ : शुक्रबार सुरु भएको एमाले जिल्ला अधिवेशन कतै सम्पन्न भइसकेको छ भने कतै जारी छ।सबै जिल्लामा एकैपटक गर्ने तयारीका बाबजुद अन्तिममा...
एमाले जिल्ला अधिवेशन : २९ जिल्लामा नेतृत्व चयन सम्पन्न, कहाँ को बने अध्यक्ष?

काठमाडौं, पुस २५ : शुक्रबार सुरु भएको एमाले जिल्ला अधिवेशन कतै सम्पन्न भइसकेको छ भने कतै जारी छ।

सबै जिल्लामा एकैपटक गर्ने तयारीका बाबजुद अन्तिममा आएर १६ जिल्लाको पछि सम्पन्न गर्ने गरी ६१ जिल्लाको अधिवेशन शुक्रबार अध्यक्ष केपी ओलीले एकैपटक उद्घाटन गरेका थिए।

अहिलेसम्म २६ जिल्लाको कार्यसमिति चयन भइसक्दा दुई ठाउँमा निर्वाचन र बाँकी २४ जिल्लामा सर्वसम्मत रूपमा जिल्ला नेतृत्व चयन गरेको हो। लुम्बिनी प्रदेशका कपिलवस्तु र  नवलपरासी (पश्चिम) बाहेक सबैमा सर्वसम्मतिले अध्यक्ष चयन गरिएको हो। 

हालसम्म प्रदेश १ का पाँच जिल्ला, प्रदेश २ का एक, वाग्मतीका ७, गण्‍डकीका तीन, लुम्बिनीका नौ, कर्णाली र सुदूरपश्चिमका दुई/दुई जिल्लामा नेतृत्व चयन भएको छ। कतिपय जिल्लामा सहमतिको प्रयास भइरहेको छ भने कतिपय जिल्लामा निर्वाचन प्रक्रिया अघि बढिसकेको छ।

प्रदेश १ अन्तर्गत झापामा दीपक कार्की, मोरङमा ऋषिकेश पोखरेल, खोटाङमा रामप्रसाद दंगाल, धनकुटामा इन्द्रमणि पराजुली र तेह्रथुममा जमान कन्दङ्वा अध्यक्षमा चयन भएका छन्। 

प्रदेश २ को एउटा जिल्ला सप्तरीमा मात्र अधिवेशन भएको छ। त्यहाँ ताराकान्त चौधरीले नेतृत्वको अवसर पाएका छन्। वाग्मती प्रदेशअन्तर्गत धादिङमा भूमी त्रिपाठी, काभ्रेपलाञ्चोकमा अशोक ब्यान्जु, भक्तपुरमा वचन देउजा, रसुवामा कर्णेल तामाङ, नुवाकोटमा बद्री मैनाली, मकवानपुरमा एकालाल श्रेष्ठ, रामेछापमा आनन्द श्रेष्ठले ले अध्यक्षको जिम्मेवारी पाएका छन्।

त्यस्तै गण्डकी प्रदेशका दुई जिल्लामा नेतृत्व निर्माण भइसकेको छ। जसमा प्रेम गुरुङले गोरखाको, श्रीप्रसाद श्रेष्ठले तनहुँको र  कृष्णप्रसाद अधिकारीले लमजुङको कमिटी हाँक्ने जिम्मेवारी पाएका छन्।  

लुम्बिनी प्रदेशका नौ जिल्लामा नेतृत्व चयन भइसकेको छ। त्यहाँ पाल्पामा धनेन्द्रराज घिमिरे, गुल्मीमा बालकृष्ण काउछा मगर, अर्घाखाँचीमा पिताम्बर भुसाल, बाँकेमा किस्मतकुमार कक्षपती, बर्दियामा लालबहादुर श्रेष्ठ, दाङमा हुकुमबहादुर बस्नेर्त र रुपन्देहीमा तेजेन्द्र केसी अध्यक्ष चुनिएका छन्। उनीहरू सबै सर्वसम्मत रूपमा अध्यक्ष बनेका हुन्।

त्यस्तै सोही प्रदेशका कपिलवस्तुमा डम्मर शर्मा र नवलपरासी (पश्चिम) मा दीपेन्द्र अधिकारी अध्यक्षमा निर्वाचित भएका छन्। उनीहरू मतदान प्रक्रियाबाट अध्यक्षमा विजयी भएका हुन्।

कर्णाली प्रदेशमा दुई जिल्लामा अधिवेशन सम्पन्न भएका छना्। जसमा डोल्पामा शेरबहादुर बुढा र सल्यानमा गोविन्द पुन मगरलाई अध्यक्षको जिम्मेवारी प्राप्त भएको छ। सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडी अध्यक्षमा रमिल बम र डडेलधुरामा प्रकाश सावँद चयन भएका छन्। 

गैरभौगोलिक दुई जिल्लामा पनि नेतृत्व चयन भएको छ। जसमा मजदुर विशेषमा जितेन्द्र श्रेष्ठ र पेसागत विशेषमा उमेश ढकाललाई नेतृत्व गर्ने अवसर प्राप्त भएको छ। 

प्रकाशित मिति: १६:१४ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्