एकालाल श्रेष्ठ चुनिए एमाले मकवानपुर अध्यक्ष
हेटौंडा, पुस २५ : एमाले मकवानपुरको नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबारदेखि सुरु भएको ११औं जिल्ला अधिवेशनले अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित गरेको...
हेटौंडा, पुस २५ : एमाले मकवानपुरको नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबारदेखि सुरु भएको ११औं जिल्ला अधिवेशनले अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित गरेको छ।
त्यसैगरी उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नविन सिग्देल, उपसचिवमा हिदम लामा र सीता विष्ट चुनिएका छन्। पाँच पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो।
आइतबार बिहान हेटौंडा–५ स्थित पार्टी कार्यालयबाट सर्वसम्मत नयाँ नेतृत्व गरिएको मकवानपुर एमालेले जनाएको छ। सहमतिका लागि भन्दै आइतबार बिहानसम्म निर्वाचनको प्रक्रियासमेत स्थगित गरिएको थियो।
प्रकाशित मिति: १५:३३ बजे, आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











