Kathmandu Press

एमाले रसुवाको अध्यक्षमा कर्णेल तामाङ 

रसुवा, पुस २५ : एमाले रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित भएका छन्। सदरमुकाम धुञ्चेमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ...
एमाले रसुवाको अध्यक्षमा कर्णेल तामाङ 

रसुवा, पुस २५ : एमाले रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित भएका छन्। सदरमुकाम धुञ्चेमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो। 

तामाङ दोस्रोपटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाएका हुन्। यसैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङ नुर्पु तामाङ र बेली बुलुन निर्विरोध निर्वाचित भएको एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ।

जिल्ला कार्यसमितिमा पदाधिकारी सहित ९० जना हुनुपर्नेमा अधिवेशनबाट ७५ जना निर्वाचित भइसकेको र बाँकी समितिको बैठकमार्फत मनोनित गरिने अध्यक्ष तामाङले जानकारी दिए। 

प्रकाशित मिति: १५:२४ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्