Kathmandu Press

भारतीय संसदका ४०० भन्दा बढी कर्मचारीमा कोभिड संक्रमण

भारतीय संसदका ४०० भन्दा बढी कर्मचारीमा कोभिड संक्रमण

नयाँ दिल्ली,पुस २५ : भारतमा संसदका ४०० भन्दा बढी कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ। अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मंगलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण देखिएको हो।

संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन्। एक स्थानीय समाचार एजेन्सीले जनाएअनुसार १,४०९ संसद् कर्मचारी मध्ये ४०२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

Hardik ivf

‘जनवरी ४ देखि जनवरी ८ सम्म  गरिएको परीक्षणमा ४०२ कर्मचारीहरूमा सङ्क्रमण देखिएको छ। ती सबै नमुना ओमिक्रोन भेरियन्ट कन्फर्मेसनका लागि जिनोम सिक्वेन्सिङमा पठाइएको छ,’ एजेन्सीले एक अधिकारीले भने। संसदका कर्मचारीको आन्तरिक सन्देशमा कर्मचारीलाई सरकारको निर्देशनअनुसार सावधानी अपनाउन सुझाव दिइएको प्रतिवेदनमा उल्लेख छ।

स्थानीय सञ्चारमाध्यममा उद्धृत गरिएको आन्तरिक सन्देशमा भनिएको छ, ‘लोकसभाका २०० र राज्यसभाबाट ६९ जना र १ सय ३३ सहयोगी कर्मचारीको परीक्षण पोजेटिभ देखिएको छ।

प्रकाशित मिति: १५:०९ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्