Kathmandu Press

पाकिस्तानमा भारी वर्षा र हिमपात  ४१ को मृत्यु, सयौं विस्थापित

इस्लामाबाद, पुस २५ : पाकिस्ताामा पछिल्ला केही दिनमा भएको भारी वर्षा र हिमपातका कारण ४१ जनाको ज्यान गएको बताइएको छ।शनिबारसम्म यहाँ ४१ जनाको...
पाकिस्तानमा भारी वर्षा र हिमपात  ४१ को मृत्यु, सयौं विस्थापित

इस्लामाबाद, पुस २५ : पाकिस्ताामा पछिल्ला केही दिनमा भएको भारी वर्षा र हिमपातका कारण ४१ जनाको ज्यान गएको बताइएको छ।

शनिबारसम्म यहाँ ४१ जनाको भारी वर्षा र हिमपातमा परेर मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। त्यसैगरी यहाँका सयौं व्यक्ति विस्थापित भएका पनि सो समाचारमा जनाइएको छ।

पाकिस्तानका अधिकारीहरुले यहाँका ठूलो संख्याका भौतिक संरचनामा पनि क्षति पुगेको बताएका छन्। यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले शनिबार रातिसम्म अविरल रुपमा पानी परिरहेको बताएको छ।

देशको उत्तरी क्षेत्र मुरीमा एक सवारी साधन नै हिउँमा फसेको र त्यसमा परेर २२ जनाको ज्यान गएको थियो। सवारी साधन हिउँमा फसेपछि निस्किन नसकेको यहाँको प्रहरीले जनाएको छ।

त्यस दुर्घटनामा परेर अरु कैयौं व्यक्ति घाइते पनि भएका बताइएको छ। मुरीमा भारी मात्रामा हिमपात भएको छ। त्यसमा परेर विदेशी र स्वदेशी पर्यटकका गरी सयौँ सवारी साधन फसेका छन्।

ती सवारी साधनको उद्धारका लागि पाकिस्तानको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताएको छ।

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, पुस २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्