Kathmandu Press

पाकिस्तानमा रेलले गाडीलाई ठक्कर दिँदा तीनजनाको मृत्यु

इस्लामाबाद, पुस २४ : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार यात्रुवाहक रेलले गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।घटना इस्लामाबादको भगिनी...
पाकिस्तानमा रेलले गाडीलाई ठक्कर दिँदा तीनजनाको मृत्यु

इस्लामाबाद, पुस २४ : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार यात्रुवाहक रेलले गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

घटना इस्लामाबादको भगिनी शहर रावलपिंडीमा बिहान भएको थियो। रेल मुल्तान जिल्लाबाट रावलपिंडी जाँदै थियो। उक्त दुर्घटना रेलले रेलवे क्रसिङनजिकै पार्क गरिएको गाडीमा ठोक्किदा भएको जनाइएको छ।

दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजना घाइते  थिए जसको पछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्रोतले जनाएको छ। मृतकहरू रावलपिण्डीका बासिन्दा रहेको र उनीहरुको शव पहिचानपछि आफन्तलाई बुझाइएको छ।

प्रकाशित मिति: १४:४४ बजे, आइतबार, पुस २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्