एमाले धनकुटा अध्यक्षमा इन्द्रमणि पराजुली

धनकुटा, पुस २५ : एमाले धनकुटा अध्यक्षमा इन्द्रमणि पराजुली निर्वाचित भएका छन्।
शुक्रबार र शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशनले पराजुलीको नेतृत्वमा ५ पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो।
यसैगरी कमिटी उपाध्यक्ष चिन्तन तामाङ, सचिवमा निरन राई र उपसचिवमा शीव आङ्ला र सुष्मा राई चुनिएका छन्।
आगामी चार वर्ष धनकुटा एमाले हाँक्ने जिम्मेवारी पाएका पराजुली प्रदेश १ का सांसद पनि हुन्। उपाध्यक्ष तामाङ धनकुटा नगरपालिका प्रमुख हुन्। सचिव राई पनि प्रदेश सांसद हुन्।

प्रकाशित मिति: १४:२३ बजे, आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











