Kathmandu Press

एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित

एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित

नुवाकोट, पुस २५ : नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । नेकपा एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्। 
    
शुक्रबार सुरु भएको अधिवेशन आज नेतृत्व चयन गर्दै सकिएको छ । उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशीराज अधिकारी र नीलकण्ठ आचार्य निर्वाचत भएका हुन्। पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक केशवराज पाण्डले जानकारी दिए।
    
तीन दिनसम्म सञ्चालन भएकोे जिल्ला अधिवेशनमा ७६३ जनप्रतिनिधी सहभागी भएका थिए । अधिवेशनको बन्द सत्रले शनिबार राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदन छलफलसहित पारित गरेर निर्वाचित प्रक्रिया सुरु गरेको थियो। 
    
अध्यक्षमा निर्वाचित मैनाली यस अघिको जिल्ला कमिटिमा उपाध्यक्ष थिए। सर्वोच्च अदालतले नेकपा एमाले र नेकपामा माओवादी केन्द्र कायम गरेपछि केही समय जिल्ला अध्यक्ष भएर काम गरेका थिए । मैनाली हाल बागमती प्रदेशसभा सदस्यसमेत हुन्। 

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्