Kathmandu Press

आयल निगमकाे कार्यकारी निर्देशक पद पूर्तिका लागि मागियो आवेदन

काठमाडौं, पुस २५ : नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पद पूर्तिका लागि आवेदन माग गरेको छ।निगमको कार्यकारी निर्देशक छनोट तथा सिफारिस...
आयल निगमकाे कार्यकारी निर्देशक पद पूर्तिका लागि मागियो आवेदन

काठमाडौं, पुस २५ : नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पद पूर्तिका लागि आवेदन माग गरेको छ।

निगमको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज (आइतबार) पदपूर्तिसम्बन्धी सार्वजनिक सूचना निकालेको हो। ६५ वर्ष उमेर ननाघेका र स्नातकोत्तर उत्तीर्ण योग्य उम्मेदवारले २१ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव आवश्यक पर्ने पनि समितिले जारी गरेको सूचनामा बताइएको छ। 

आवेदन कार्यालय समयमा सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखा दिनसकिने उल्लेख छ।

दरखास्त पेस गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपि, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साइजको फोटो तथा निर्देशिकाको दफा १० को उपदफा ४ बमोजिमको व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) छट्टै खाममा सिलबन्दी गरीगर्नुपर्ने जनाइएको छ।

छनेट सूचीमा परेका उम्मेदवारले आफूले पेस गरेको व्यवसायिक कार्ययोजना तोकीएको मिति र समयमा प्रस्तुतीकरणसमेत गर्नुपर्नेछ। 

थप जानकारीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रशासन तथा संस्थान महाशाखा वा फोन नं. ०१–४२११९६७ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १३:३२ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्