Kathmandu Press

कर नतिर्ने ३५२ कम्पनीको नाम सार्वजनिक, १५ दिनभित्र कर दाखिला गर्न आग्रह

काठमाडौं, पुस २५ : आन्तरिक राजस्व विभागले कर नतिर्ने ३५२ कम्पनीको नाम सार्वजनिक गरेको छ।विभागको पुतलीसडक र बानेश्वर शाखाले ती कम्पनीको नाम सार्वजनिक...
कर नतिर्ने ३५२ कम्पनीको नाम सार्वजनिक, १५ दिनभित्र कर दाखिला गर्न आग्रह

काठमाडौं, पुस २५ : आन्तरिक राजस्व विभागले कर नतिर्ने ३५२ कम्पनीको नाम सार्वजनिक गरेको छ।

विभागको पुतलीसडक र बानेश्वर शाखाले ती कम्पनीको नाम सार्वजनिक गर्दै कर दाखिलाका लागि आग्रह गरेको हो। ५ लाख रूपैयाँभन्दा बढी बक्याैता रहेका यी कम्पनीहरूलाई १५ दिनभित्र कर दाखिला गर्न भनिएको छ। अन्यथा कानुनबमाेजिम कारबाही प्रिक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।

कर नतिर्ने कम्पनीमा अन्नपुर्ण सुगर एन्ड जनरल इन्डष्ट्रिज प्रालि, कान्तिपुर म्यानेजमेन्ट प्रालि, एभिन्युज टेलिभिजन प्रालि, कम्युनिकेट मिडिया प्रालि, न्युज मिडिया प्रालि, होटल माउन्टेन प्रालि,  नील बाराही फिल्म्स, स्पेस टाइम नेटवर्क, एबिसी मिडिया ग्रुपलगायत छन्।

प्रकाशित मिति: १३:०८ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्