Kathmandu Press

भारतमा थपिए डेढ लाख बढी संक्रमित, ३६०० बढीलाई ओमिक्रोन

नयाँ दिल्ली, पुस २५ : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप १ लाख ५९ हजार ६ सय ३२ संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य र...
भारतमा थपिए डेढ लाख बढी संक्रमित, ३६०० बढीलाई ओमिक्रोन

नयाँ दिल्ली, पुस २५ : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप १ लाख ५९ हजार ६ सय ३२ संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ।

यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन्। 

Hardik ivf

हाल यहाँ तीन हजार ५२३ जना ओमिक्रोनका सङ्क्रमित रहेको पनि सो मन्न्त्रालयले आइतबार जानकारी दिएको छ। ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार ४०९ जना भने कोरोना मुक्त भएका जनाइएको छ। 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पाँच लाख ९० हजार ६११ रहेका छन । गएको २४ घण्टामा भारतमा ४० हजार ८६३ जना कोरोनाबाट मुक्त भएका छन्।

यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४४ लाख ५३ हजार ६०३ जना कोरोना सङ्क्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९६।९८ प्रतिशत रहेको जनाइएको छ । 

सोही अवधिमा थप ३२७ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार ७९० छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ३४ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ५१ करोड ५७ लाख ६० हजार भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ।

प्रकाशित मिति: १२:२५ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्