Kathmandu Press

पाकिस्तानको बलुचिस्तान प्रान्तमा ६ आतंककारी मारिए

पाकिस्तानको बलुचिस्तान प्रान्तमा ६ आतंककारी मारिए

काठमाडाैं, पुस २५ : पाकिस्तानको बलुचिस्तान प्रान्तमा प्रान्तीय राजधानी क्वेटाको पूर्वी बाइपास क्षेत्रमा सञ्चालन गरिएको काउन्टर टेररिज्म डिपार्टमेन्ट (सिटिडी) को कारबाहीमा कम्तीमा ६ जना कथित आतंकवादी मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिबन्धित संगठनका ६ जना कथित आतंककारीहरू छापा मार्ने क्रममा सुरक्षा टोलीसँगको गोली हानाहानमा मारिएको एआरवाई न्युजले सिटिडीलाई आइतबार एक विज्ञप्तिमा उद्धृत गर्दै जनाएको छ।

आतंककारी लुकेको ठाउँबाट हतियार र विस्फोटक पदार्थ पनि बरामद गरिएको छ। कथित आतंकवादी पक्राउ गर्नेलाई पाकिस्तानी रुपैयाँ २० लाख इनाम रकम थियो।

यसअघि शनिबार पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीसँगको गोली हानाहानमा दुई आतंकवादी मारिएका थिए।

प्रकाशित मिति: १२:१६ बजे, आइतबार, पुस २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्