Kathmandu Press

दक्षिणी यमनमा बारुदी सुरुङ विस्फोट हुँदा पाँचजनाको मृत्यु

एडेन, पुस २५ : यमनको दक्षिणी प्रान्त शाब्वामा शनिबार भएको बारुदी सुरुङ विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका...
दक्षिणी यमनमा बारुदी सुरुङ विस्फोट हुँदा पाँचजनाको मृत्यु

एडेन, पुस २५ : यमनको दक्षिणी प्रान्त शाब्वामा शनिबार भएको बारुदी सुरुङ विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन्।

यी विस्फोटक ल्यान्डमाइनहरू हुथी मिलिसियाले साब्बाको उसलान जिल्लाबाट फिर्ता हुनुअघि राखेको हुन सक्ने स्थानीय सैन्य स्रोतले नाम न भन्ने सर्तमा जानकारी दिएका छन्।

सरकार समर्थक सेनाहरूसँग सम्बद्ध विष्फोटक विशेषज्ञहरूको टोलीले शाब्वामा हुथीद्वारा बिछ्याइएको बारुदी सुरुङ भत्काउन अभियान सुरु गरेको  जनाइएको छ।

पछिल्ला दिनहरूमा सरकार समर्थक सेनाहरूले शाब्वामा हुथीहरू विरुद्ध ठूलो मात्रामा सैन्य कारबाही सरु गरेर उसैलान लगायतका प्रमुख जिल्लाहरूबाट विद्रोहीहरूलाई बाहिर निकाल्न सफल भएका छन्।

प्रकाशित मिति: १२:११ बजे, आइतबार, पुस २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्