Kathmandu Press

संयुक्त बैठक बस्नुअघि भक्तपुर र ललितपुरका सिडिओले बोलाए छुट्टाछुट्टै बैठक 

काठमाडौं, पुस २५ : देशभर कोरोना संक्रमणदर बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका कामबारे छलफल गर्न ललितपुर र भक्तपुर प्रमुख जिल्ला अधिकारीले...
संयुक्त बैठक बस्नुअघि भक्तपुर र ललितपुरका सिडिओले बोलाए छुट्टाछुट्टै बैठक 

काठमाडौं, पुस २५ : देशभर कोरोना संक्रमणदर बढ्न थालेपछि काठमाडौं उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका कामबारे छलफल गर्न ललितपुर र भक्तपुर प्रमुख जिल्ला अधिकारीले छुट्टाछुट्टै बैठक बोलाएका छन्। 

जिल्लाभित्र आ–आफ्नो ढंगले गर्नुपर्ने कामहरुका बारेमा छलफल गर्नका लागि ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बैठक बोलाएका हुन्। 

बैठकमा जिल्लाभित्रका राजनीतिक दलका नेता, जनप्रतिनिधिहरु, सुरक्षा अधिकारीहरु, नागरिक समाज, पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधि लगायतसँग छलफल गरी परामर्श लिइने बताइएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बोलाएको बैठक दिउँसो २ बजे बस्ने छ। 

बैठकमा कोरोना संक्रमण रोकथामका सन्दर्भमा जिल्लाभित्र पूर्वतयारी देखि स्वास्थ्य मापदण्डलाई कडा ढंगले कार्यान्वयन गर्नेबारे परामर्श हुने बताइएको छ। दुई जिल्लाको बैठकपछि सकेसम्म आज नभए भोलि (मंगलबार) उपत्यकाका तीनैवटा जिल्लाका सिडिओहरुको संयुक्त बैठक बस्ने बताइएको छ।

देशभर कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि शुक्रबार सिसिएमसीको बैठक पनि बसेको थियो। 


 

प्रकाशित मिति: ११:०४ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्