Kathmandu Press

राजनीतिक सहमतिमा संसदको गतिरोध छिट्टै अन्य हुन्छ : सभामुख 

सिन्धुपाल्चोक, पुस २५ : सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत...
राजनीतिक सहमतिमा संसदको गतिरोध छिट्टै अन्य हुन्छ : सभामुख 

सिन्धुपाल्चोक, पुस २५ : सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। 

बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताए। 

सभामुख सापकोटाले भने, ‘तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ, तपाईँको यो विश्वास र भरोसालाई धोका दिने छैन।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । कार्यक्रमका सहभागीले बक्ताले महिलाद्वारा  सञ्चालित सो सहकारी जिल्लामै उदाहरणीय रहेको जनाउँदै अझ प्रगतिको कामना गरेका थिए।

सो कार्यक्रममा सहकारीका अध्यक्ष देवकी न्यौपानेले वार्षिक प्रतिवेदन पेश गरेका थिए । सभामुख सापकोटाले बलेफी –३ फुल्पिङ्कोटमा फुल्पिङ्कोट स्वास्थ्यचौकी भवनको शिलान्यास गरेका थिए।

प्रकाशित मिति: १०:२७ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्