Kathmandu Press

एमाले जिल्ला अधिवेशन : तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत

दमौली, पुस २५ : नेकपा (एमाले) तनहुँका अध्यक्षपदमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिबार उम्मेदवारी दर्ताका क्रममा उनको मात्रै उम्मेदवारी परेपछि...
एमाले जिल्ला अधिवेशन : तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत

दमौली, पुस २५ : नेकपा (एमाले) तनहुँका अध्यक्षपदमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिबार उम्मेदवारी दर्ताका क्रममा उनको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडि उपाध्यक्ष रहेका श्रेष्ठ नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिए।

अध्यक्ष बाहेकका पदमा भने आवश्यक सङ्ख्याभन्दा बढीको उम्मेदवारी दर्ता भएपछि निर्वाचन हुने भएको छ । उपाध्यक्षमा हरिराज कँडेल, मेखबहादुर थापा र मोहन सुनारको उम्मेदवारी दर्ता भएको छ । सचिवमा विष्णुभक्त सिग्देल र राजेश्वर ढकालको उम्मेदवारी दर्ता भएको छ । उपसचिवमा प्रदीपराज अधिकारी, खिम कुमाल र देवु विष्टको उम्मेदवारी दर्ता भएको छ । 

आइतबार बिहान दाबीविरोध, उम्मेदवारी फिर्ताको समय रहेको छ । समयभित्र उम्मेदवारी फिर्ता नभए दिउँसो १ बजेबाट मतदानको तयारी गरिएको निर्वाचन समितिका संयोजक ढकालले जानकारी दिए । म्याग्दे, बन्दीपुर, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकाबाट प्रतिनिधित्व हुने सदस्य पनि सर्वसम्मत निर्वाचित भएका छन्। 

अधिवेशनले अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव चयन गर्नेछ । प्रत्येक नगरपालिकाबाट पाँच खुला र दुई महिला गरी २८, प्रत्येक गाउँपालिकाबाट तीन खुला र दुई महिला गरी ३०, अल्पसङ्ख्यकको तर्फबाट दुई खुला र एक महिला गरी तीन, मजदुरबाट दुई खुला र एक महिला गरी तीन, दलितबाट तीन खुला र दुई महिला गरी पाँच, आदिवासी जनजातिबाट दुई खुला र एक महिला गरी तीन, अपाङ्गबाट एक खुला र एक महिला गरी दुई सदस्य निर्वाचित गर्नेछ । खुलातर्फ १७ खुला र ९ महिला गरी २६  निर्वाचित हुनेछन्।

प्रकाशित मिति: १०:०९ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्