एमाले जिल्ला अधिवेशन : काभ्रे अध्यक्ष र उपसचिव सर्वसम्मत
काभ्रेपलाञ्चोक, पुस २५ : नेकपा (एमाले)को काभ्रेको १०औँ जिल्ला अधिवेशनले अध्यक्ष र एक उपसचिव पदमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा अशोक ब्याञ्जू र...
काभ्रेपलाञ्चोक, पुस २५ : नेकपा (एमाले)को काभ्रेको १०औँ जिल्ला अधिवेशनले अध्यक्ष र एक उपसचिव पदमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा अशोक ब्याञ्जू र उपसचिवमा रीता ढकाल चयन भएका हुन्।
शनिबार अबेरसम्म भएको छलफलबाट उनीहरु चयन भएका हुन् । ब्याञ्जू हाल नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरका प्रमुख हुन्। ढकाल तत्कालीन समयमा नेकपा (माओवादी केन्द्र)बाट मण्डनदेउपुर नगरप्रमुखको उम्मेदवार थिए।
अन्य पदाधिकारी र सदस्यको आज धुलिखेलमा निर्वाचन हुँदैछ । १०५ जिल्ला कमिटीमध्ये अब एक उपाध्यक्ष, एक सचिव, एक उपसचिव र सदस्यमा मतदान हुने भएको हो ।
प्रकाशित मिति: १०:०४ बजे, आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











