एमाले खोटाङका अध्यक्षमा दङ्गाल, सचिवमा आचार्य
खोटाङ, पुस २५ : नेकपा (एमाले) खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दङ्गाल अध्यक्ष पदमा चयन भएका छन्। दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शनिबार साँझ सम्पन्न...
खोटाङ, पुस २५ : नेकपा (एमाले) खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दङ्गाल अध्यक्ष पदमा चयन भएका छन्। दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शनिबार साँझ सम्पन्न बन्दसत्रले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।
एक सय १९ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य तथा उपसचिवमा दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई चयन भएका छन्। श्याम पोखरेलको अध्यक्षतामा नौ सदस्यीय लेखा आयोगसमेत चयन गरिएको नवनिर्वाचित सचिव आचार्यले जानकारी दिए ।
दुई दिनसम्म चलेको अधिवेशनले ७७ सदस्यीय जिल्ला सल्लाहकार परिषद्समेत गठन गरेको एमाले खोटाङले जनाएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पोलिटब्यूरो सदस्य एवं एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पद तथा गोपनीयताको शपथ गराएका छन्। ।
दश स्थानीय तहका एक हजार १०० प्रतिनिधि सहभागी अधिवेशनमा राजनीतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन शुक्रबार नै पारित भएको थियो । शुक्रबार उद्घाटन भएको अधिवेशन सर्वसम्मतको प्रयासमा ढिलो गरी सम्पन्न भएको हो ।











