सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि आइसोलेसनमा
काठमाडौं, पुस २५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना भाइरसको संक्रमण देखिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि आइसोलेसनमा...
काठमाडौं, पुस २५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना भाइरसको संक्रमण देखिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि आइसोलेसनमा बसेका छन्।
शुक्रबार आयोजित सत्तारुढ गठबन्धनको बैठकमा अध्यक्ष प्रचण्ड पनि उपस्थित थिए। उनलाई कोरोना संक्रमण देखिएपछि गठबन्धनको बैठकमा सहभागी नेताहरु आइसोलेसनमा बसेका हुन्।
मन्त्री कार्कीले शनिबारदेखि भेटघाट बन्द गरेका छन्। आइतबार कोरोना परीक्षण गरेपछि मात्रै कार्यक्रममा सहभागी हुने जनाइएको छ।
यसअघिदेखि नै प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेसनमा बसेका छन्। प्रधानमन्त्री देउवाको पनि आज कोरोना परीक्षण गरिने भएको छ। त्यसपछि मात्रै कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सत्तारुढ गठबन्धनको बैठकमा सहभागी सबै नेताहरु आइसोलेसनमा बसेका छन्। उनीहरुले पनि आज कोरोना परीक्षण गर्ने भएका छन्।
माओवादी अध्यक्ष प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण देखिएको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।











