हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित
हुम्ला, पुस २५ : गएरातिदेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्य भएको छ।एक फिटसम्म जमेको हिउँले गर्दा स्थानीय बासिन्दालाई घरबाट बाहिर निस्कन...
हुम्ला, पुस २५ : गएरातिदेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्य भएको छ।
एक फिटसम्म जमेको हिउँले गर्दा स्थानीय बासिन्दालाई घरबाट बाहिर निस्कन समस्या भएको छ। यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ।
हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए। उनका अनुसार यस वर्षकै ठूलो हिमपात भएको छ।
घरभन्दा बाहिर निस्कन सकिएको छैन। चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन्। अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन्।
निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले बताए। (रासस)
प्रकाशित मिति: ०७:४२ बजे, आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











