Kathmandu Press

१६ जिल्लामा एमालेको नेतृत्व निर्विरोध चयन

काठमाडौं, पुस २५ : नेकपा (एमाले) जिल्ला अधिवेशनअन्तर्गत १६ जिल्लामा निर्विरोध नेतृत्व चयन भएको छ।एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार निर्विरोध नेतृत्व...
१६ जिल्लामा एमालेको नेतृत्व निर्विरोध चयन

काठमाडौं, पुस २५ : नेकपा (एमाले) जिल्ला अधिवेशनअन्तर्गत १६ जिल्लामा निर्विरोध नेतृत्व चयन भएको छ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार निर्विरोध नेतृत्व चयन भएको केन्द्रमा जानकारी आएको छ। त्यस्तै दुई गैर भौगोलिक क्षेत्रमा पनि निर्विरोध नेतृत्व चयन भएको छ।

उनका झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ र बॉकेमा किस्मतकुमार कक्षपति अध्यक्ष बनेका छन्।

त्यस्तै, धादिङमा भूमि त्रिपाठी, अर्घाखाचीमा पीताम्बर भुसाल, मोरङमा ऋषिकेश पोखरेल, काभ्रेमा अशोक ब्याञ्जु, भक्तपुरमा बचन देउजा, गुल्मीमा बालसिंह काउछा, खोटाङमा रामप्रसाद दंगाल, सप्तरीमा ताराकान्त चौधरी र तनहुँमा श्रीप्रसाद श्रेष्ठ निर्विरोध अध्यक्ष चयन भएका छन्।

यससँगै विशेष जिल्ला कमिटीअन्तर्गत मजदुर विशेष कमिटी अध्यक्षमा जितेन्द्र श्रेष्ठ र पेशागत विशेष कमिटीमा उमेश ढकाल अध्यक्ष बनेका छन्। अन्य जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको एमालेले जनाएको छ।

प्रकाशित मिति: ०६:५७ बजे, आइतबार, पुस २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्