Kathmandu Press

लमजुङका दुई विद्यालयलाई पोशाक वितरण

लमजुङ, पुस २४ : लायन्स क्लब अफ काठमाडौँ समर्पणले लमजुङका दुई विद्यालयलाई पोशाक वितरण गरेको छ। क्लबले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी...
लमजुङका दुई विद्यालयलाई पोशाक वितरण

लमजुङ, पुस २४ : लायन्स क्लब अफ काठमाडौँ समर्पणले लमजुङका दुई विद्यालयलाई पोशाक वितरण गरेको छ। क्लबले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी लमजुङको राइनास नगरपालिका–८ पिपलटारीमा सञ्चालित अमरज्योति आधारभूत प्राथमिक विद्यालय र मध्यनेपाल नगरपालिका–१ रायपालीमा सञ्चालित शान्ति शक्ति  प्राथमिक विद्यालयमा ५१ थान पोशाक वितरण गरेको हो।

कार्यक्रममा क्लबका अध्यक्ष लवेन्द्रसिंह मल्लले जाडोको समयमा कठ्याङ्गिएर अध्ययन गर्न बाध्य ग्रामीण भेगका विद्यार्थीलाई थोरै भए पनि न्यायो पोशाक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे। यसअघि उक्त क्लबले अमरज्योती प्राविलाई खेलकुद सामग्री वितरण गरेको थियो।

Hardik ivf

क्लबका प्रथम उपाध्यक्ष अखिल अग्रवालले पवित्र सामाजिक सेवाको भावना बोकेर स्थापना भएको लायन्स क्बलले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। अमरज्योति प्रावि लमजुङका प्रधानाध्यापक हरिमाया घिमिरेले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री सहयोग गरेर ठूलो योगदान गर्न लगाएको भन्दै लायन्स क्लब अफ काठमाडौँ समर्पणलाई धन्यवाद दिए।

एक दशकपहिले काठमाडौँको सानेपामा स्थापना भएको उक्त लायन्स क्लबले गतवर्ष कोरोना सुरुआत चरणमा २०० सिलिन्डरसहित ‘अक्सिजन बैंक’ स्थापना गरी समाज सेवा गर्दै आएको थियो। क्लबले कोरोनाको दोस्रो चरणमा ललितपुरको जावलाखेलमा ‘जे एन्ड जे कोभिड क्लिनिक’ स्थापना गरी गरिब तथा विपन्न व्यक्तिलाई निःशुल्क कोरोना परीक्षण मिलाएको क्लबका प्रवक्ता एवं सदस्य विवेक शर्माले जानकारी दिए। क्लबले आगामी दिनमा पनि समाज सेवालाई निरन्तरता दिने प्रवक्ता शर्माको भनाइ छ।

प्रकाशित मिति: १९:२९ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्