Kathmandu Press

ललितपुरको प्राचीन अग्निशालाको छानो फेरियो

ललितपुर, पुस २४ : ललितपुर महानगरपालिका–१९ ठगुटोलमा अवस्थित प्राचीन अग्निशालामा तामाको छानो फेरिएको छ। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज पाँच हजार वर्ष पुरानो...
ललितपुरको प्राचीन अग्निशालाको छानो फेरियो

ललितपुर, पुस २४ : ललितपुर महानगरपालिका–१९ ठगुटोलमा अवस्थित प्राचीन अग्निशालामा तामाको छानो फेरिएको छ। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज पाँच हजार वर्ष पुरानो अग्निशालामा जस्ताको छानो हटाएर तामा हालेपछि उद्घाटन गरे। उनले भने, 'काठमाडौँ उपत्यकाका साथै ललितपुरको एकमात्रै यस प्राचीन धरोहर विश्व सम्पदा क्षेत्रमा सूचीकृत हुन जरुरी छ।' सो ऐतिहासिक धरोहरमा तामा हालिएसँगै थप पहिचान अघि बढ्ने महर्जनको बुझाइ छ।

उपप्रमुख गीता सत्यालले सो अग्निशाला मुलुकको एकमात्रै पुरानो महत्वपूर्ण गहना रहेको बताए। अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले अग्निशाला क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न जस्ताको छानो रहँदा मान्यता नपाउने भएसँगै आफूहरूले केही महिना अघिमात्रै २४ गेज मोटाइ तामा हाल्ने काम सम्पन्न गरेको बताए। उनले भने, 'अग्निशालाको महत्व थप अघि बढाउन जरुरी छ।'

Hardik ivf

समितिका पूर्वअध्यक्ष प्रमोद शर्माले वनस्पतिविज्ञमार्फत आफूले सुनेअनुसार सो सम्पदा क्षेत्रमा एक हजार ५०० वर्ष पुरानो वृक्ष रहेकाले सोको महत्व निकै अतुलनीय रहेको बताए। कार्यक्रममा विसं १९९० को भूकम्पले सो अग्निशालाको छानो भत्काएपछि बेलायत सरकारबाट सहयोग प्राप्त जस्ताको छानो फेरिएको बताइएको थियो।

कार्यक्रममा सो अग्निशालामा तामाको छानो छाउन लपु महानगरपालिकाले ४० लाख रूपैयाँ सहयोग गरेको बताइएको थियो। अग्निशालाभित्र विष्णु, रुद्र, ब्रम्ह, सभ्य, सूर्य र नाग गरी छ कुण्ड रहँदा पनि सो भने पाँच कुण्डको नामले मात्रै परिचित रहेको पाइन्छ।

पुजारी रविश्याम शर्माका अनुसार मुलुकमा सलाइ बन्नु पहिलेदेखि नै विष्णु, रुद्र, ब्रम्ह र सूर्य कुण्डमा आगो बल्ने गथ्र्याे। उनले भने, 'यस कुण्डमा हरेक दिन राष्ट्र शान्तिका लागि अग्निहोम र सम्पूर्ण पितृ उद्धारका लागि ‘पितृयज्ञ’का रूपमा श्राद्ध पनि गर्ने गरिन्छ। प्राचीन समयमा १८ थरिका दाउरा बालिने यस अग्निशालामा हाल भने कीरा लागेका, ढुसी परेका, किला ठोकिएका, काँडा भएका बाहेक अन्य दाउरा बालिने गरिन्छ।'

कार्यक्रममा उपस्थित व्यक्तिले सो अग्निशालामा काठ रगडेर निकालिएको काष्ठाग्नि, ढुङ्गा रगडेर निकालिएको पासाग्नि, सूर्यको प्रकाशबाट निकालिएको सूर्याग्नि, जलकुण्ड त्रिवेणीबाट निकालिएको जलाग्नि र अग्निहोत्री बज्यैको नाइटोबाट निकालिएको जठराग्नि नाम पाँच धुनी बल्ने गरेको जानकारी गराए।

प्रकाशित मिति: १८:५९ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्