Kathmandu Press

प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी सङ्क्रमित

विराटनगर, पुस २४ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी आज २४ जनामा कोरोना सङ्क्रमण भएको छ। सोही...
प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी सङ्क्रमित
Hardik ivf

विराटनगर, पुस २४ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी आज २४ जनामा कोरोना सङ्क्रमण भएको छ। सोही अवधिमा  सुनसरीमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

स्थानीय पालिका अनुसार मोरङको विराटनगर महानपादिकामा २०, उर्लाबारीमा दुई, रङ्गेली र धनपालथानमा एक/एक, सुनसरीको धरानमा पाँच, उदयपुरको त्रियुगामा एक र प्रदेश बाहिरका  एक जना गरी कूल ४३ जनामा सङ्क्रमण देखिएको हो। सङ्क्रमित १६८ जनाको पीसीआर परीक्षण गर्दा ३१ र १६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेशमा आजै तीन महिलासहित सात कोरोना सङ्क्रमणमुक्त भएका छन् भने प्रदेशमा अझै १९२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:४४ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्