Kathmandu Press

लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैन : मन्त्री आले

रूपन्देही, पुस २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुने बताएका छन्।आज...
लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैन : मन्त्री आले

रूपन्देही, पुस २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुने बताएका छन्।

आज लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि यहाँ पुगेका मन्त्री आलेले भगवान् गौतम बुद्धको जन्मस्थल पनि भएको र बुद्धकै नामले लुम्बिनी देशविदेशमा चिनिएको र यहाँको विकासका लागि आफू सधैं  सकारात्मक रहेकाले बजेट अभाव हुन नदिने बताए।

उनले भने, ‘शान्तिका दूत भगवान् गौतमबुद्ध जन्मिनुभएको र उहाँकै नामबाट देश–विदेशमा चिनिएको लुम्बिनीको विकासका लागि बजेटको कुनै कमी हुँदैन, यहाँ निर्माण गरिन लागिएका संरचना निर्माणका लागि बजेटको अभाव भयो भने लेखेर पठाउनुहोला, म यही कोषको अध्यक्ष भएकाले पनि बजेट प्रदान गर्नु मेरो दायित्व हुनेछ।’ 

लुम्बिनी क्षेत्रमा निर्माण भइरहेका विभिन्न भौतिक संरचनाको काम समयमै सम्पन्न गरिसक्नसमेत मन्त्री आलेले निर्माण व्यवसायीसँग आग्रह गरे। लुम्बिनी क्षेत्रमा निर्माण भएका काम गुणस्तरयुक्त हुनुपर्ने मन्त्री आलेको भनाइ थियो।

प्रकाशित मिति: १७:५२ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्