Kathmandu Press

काठमाडौं उपत्यकामा एक दिनमै थपिए ४८१ कोरोना संक्रमति

काठमाडौं, पुस २४ पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ३६२, ललितपुरमा ९४ र भक्तपुरमा २५...
काठमाडौं उपत्यकामा एक दिनमै थपिए ४८१ कोरोना संक्रमति

काठमाडौं, पुस २४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ३६२, ललितपुरमा ९४ र भक्तपुरमा २५ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उपत्यकामा शुक्रबार ३७९, बिहीबार ३१० जनामा कोरोना देखिएको थियो। पछिल्लो साता काठमाडौंमा कोरोना संक्रमितको संख्यामा क्रमशः उकालो लाग्न थालेको हो। बुधबार उपत्यकामा २५३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा मंगलबार २२२, सोमबार १८४ र आइतबार १३७ जना संक्रमित थपिएका थिए।

कौराना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि सक्रियको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ९७५ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा १ हजार ६७६, ललितपुरमा७२३ र भक्तपुरमा ५७६ जना रहेको मन्त्रालयले जनाएको छ।

उपत्यकामा सक्रिय संक्रमितको संख्या शुक्रबार २ हजार ६८० र बिहीबार  संख्या २ हजार ४७८ थियो। बुधबार सो संख्या २ हजार २४१ थियो।

शुक्रबार देशभरिमा भने थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ६ हजार १४० रहेको छ।  

प्रकाशित मिति: १६:२८ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्