Kathmandu Press

मुलुकभर थपिए ९४४ कोरोना संक्रमित, निकाे हुने २९७ जना

पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शून्य रहेको छ।
मुलुकभर थपिए ९४४ कोरोना संक्रमित, निकाे हुने २९७ जना

काठमाडौं, पुस २४ : मुलुकभर पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २६४ नमुनाको परीक्षण गर्दा ९४४ जनामा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार ९ हजार ७६२ नमूनाको पीसीआर परीक्षण गर्दा ६९६ र ३ हजार ५०२ नमूनाको एन्टीजेन परीक्षण गर्दा २४८ जनामा कोरोना संक्रमण देखिएको हो। 

सोही अवधिमा २९७ जना संक्रमणमुक्त भएका छन्। पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शून्य रहेको छ।  

योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख ३१ हजार ७४८ पुगेको छ भने एन्टीजेनतर्फ ९७ हजार ८९ पुगेको छ। मृत्यु हुनेको संख्या ११ हजार ६०२ रहेको छ। 

मुलुकभर सक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको छ। जसमध्य ५ हजार ६३१ जना होम आइसोलेसनमा छन्। त्यस्तै ५०९ जना संस्थागत आइसोलेसनमा छन्। अस्पतालमा उपचाररत रहेकामध्य ८१ जना आइसीयूमा छन् भने १४ जना भेन्टिलेटरमा छन्। 

प्रकाशित मिति: १६:१३ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्