Kathmandu Press

जिउँदै जलाएर पत्रकार हत्याको राष्ट्रसंघद्वारा निन्दा

न्युयोर्क, पुस २४ : संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको  संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले...
जिउँदै जलाएर पत्रकार हत्याको राष्ट्रसंघद्वारा निन्दा

न्युयोर्क, पुस २४ : संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको  संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन्।

‘कहिलेकाहीँ तपाईसँग शब्दहरू समाप्त हुन्छन्,’ दुई पत्रकारको हत्यामा टिप्पणी गर्दै दुजारिकले भने, ‘हामी यस बीभत्स हत्याको स्पष्ट रूपमा निन्दा गर्छौं। यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रिय अधिकारीहरूले अपराधीहरूलाई पत्ता लगाउन, उनीहरूलाई न्यायको कठघरामा ल्याउन सक्दो गर्नुपर्दछ।’

हाइटी २४ समाचार आउटलेटले जनाएअनुसार दुई पत्रकारहरू एक आपराधिक समूहका सशस्त्र सदस्यहरूबाट गोली हानिएका थिए। अर्का एक पत्रकार भने हमला भएको स्थानबाट भाग्न सफल भएको रिपोर्टले जनाएको छ।

हाइटीले लामो समयदेखि गरिबी, गिरोह हिंसा र राजनीतिक संकटको सामना गरिरहेको छ। सन् २०२१ को जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि राजनीतिक संकट गहिरिँदै गएको छ।

प्रकाशित मिति: १५:४० बजे, शनिबार, पुस २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्