Kathmandu Press

प्रतिनिधिसभा बन्धक बनाउनु भनेको संविधान कार्यान्वयनमा अवरुद्ध गर्नु हो : मन्त्री भुसाल

काठमाडौं, पुस २४ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेकपा (एमाले) ले प्रतिनिधिसभा अवरुद्ध पार्दा जनताका पक्षमा ऐननियम बनाउन नसकिएको बताएकी छन्। ललितपुरको...
प्रतिनिधिसभा बन्धक बनाउनु भनेको संविधान कार्यान्वयनमा अवरुद्ध गर्नु हो : मन्त्री भुसाल

काठमाडौं, पुस २४ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेकपा (एमाले) ले प्रतिनिधिसभा अवरुद्ध पार्दा जनताका पक्षमा ऐननियम बनाउन नसकिएको बताएकी छन्। 

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको नवौं  गाउँसभालाई आज सम्बोधन गर्दै उनले विघटित प्रतिनिधिसभा पुनःस्थापित भए पनि बन्धक बनाउनु संविधान कार्यान्वयनलाई बन्धक बनाउनु भएको बताएकी छन्।

‘जनताको सार्वभौम थलो प्रतिनिधिसभा हो, त्यहीँबाट जनताका लागि कानून÷नियम बन्ने हो, आज त्यो ठप्प छ, त्यसैले प्रतिगमनको खतरा टरिसकेको छैन, यसप्रति सबै सचेत हुनुपर्छ,’ मन्त्री भुसाालले भनिन्। उनले संविधानले निर्दिष्ट गरेको सामाजिक न्यायमा आधारित समाजवाद निर्माणमा लागेको पनि जानकारी दिइन्। 

उनले खतरा टरिनसकेकाले प्रतिक्रान्तिको खतरा रहुञ्जेलसम्म गठबन्धन रहने र चुनावमात्रै होइन चुनाव पछि पनि निरन्तरता दिने सोचमा रहेको जानकारी दिनुभयो । उहाँले प्रतिनिधिसभा चलेको भए सङ्घीय निजामती ऐन, प्रदेश निजामती ऐन, स्थानीय सेवा ऐन बनिसक्ने जानकारी गराउँदै स्पष्ट नीति नियमको अभावमा प्रदेश र स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको दाबी गरिन्। संसद् नचल्दा कानून बन्न नपाएको र कानून नबन्दा अधिकार बाँडफाँटको कुरासमेत अड्किएको उनले बताइन्।  

सुरुमा पार्टीले उठाएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको एजेण्डा राष्ट्रकै एजेण्डा बनेको स्मरण गर्दै उनले आर्थिक, सामाजिक रुपान्तरणतर्फ मुलुक अघि बढिकसकेको पनि बताइन्।

मन्त्री भुसालले २० युनिटभन्दा तल विद्युत् खपत गर्नै साढे २६ लाख घरका एक करोड ३० लाख जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराएको पनि बताइन्।

अन्यको हकमा शुल्कसमेत घटाएको जानकारी दिँदै उनले सिँचाइको नीति अघि बढाएर ग्रामीण क्षेत्रका किसानको जीवनस्तर माथि उठाउने प्रयास थालिएको बताइन्। 

प्रकाशित मिति: १५:२८ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्