Kathmandu Press

दक्षिण सुडानबाट फर्किएका २० सैनिकमा कोरोना संक्रमण

काठमाडौं, पुस २४ : शान्ति मिसनबाट फर्किएका २० सैनिकमा कोरोना भाइरस संक्रमण देखिएको छ।दक्षिण सुडानबाट गत पुस २२ गते नेपाल फर्किएका २१५ जना...
दक्षिण सुडानबाट फर्किएका २० सैनिकमा कोरोना संक्रमण
फाइल तस्बिर

काठमाडौं, पुस २४ : शान्ति मिसनबाट फर्किएका २० सैनिकमा कोरोना भाइरस संक्रमण देखिएको छ।

दक्षिण सुडानबाट गत पुस २२ गते नेपाल फर्किएका २१५ जना सैनिकमध्ये २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लव पौडेलले बताए।

उनका अनुसार सुडानबाट स्वदेश फर्किएका सबैलाई सेनाको क्ववारेन्टाइनमा राखिएको थियो। सोही क्रममा उनीहरुको पिसिआर परीक्षण गर्दा २० सैनिकमा कोरोना भाइरस पुष्टि भएको हो। 

संक्रमित सैनिकलाई सेनाका चिकित्सकहरूको निगरानीमा आइसोलेसनमा राखिएको जनाइएको छ।

प्रकाशित मिति: १४:५९ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्