Kathmandu Press

भाेलि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै

काठमाडौं, पुस २४ : कोरोना संक्रमणको रोकथामका लागि आवश्यक निर्णय लिन काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ ।कोरोना संक्रमितको...
भाेलि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै

काठमाडौं, पुस २४ : कोरोना संक्रमणको रोकथामका लागि आवश्यक निर्णय लिन काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ ।

कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि र ओमिक्रोन संक्रमित पनि देखिन थालेपछि नियन्त्रणका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सिसिएमसी) ले निर्देशन दिएलगत्तै काठमाडौंका प्रजिअ गोविन्द प्रसाद रिजाल, ललितपुरका घनश्याम उपाध्याय र भक्तपुरकी रूद्रादेवी शर्माको संयुक्त बैठक भोलि (आइतबार) बस्न लागेको हो। त्यसअघि तीनैजिल्लाको डिसिसीएमसीको बैठक बस्ने बताइएको छ।

भोलि नै सिसीएमसीको बैठक बस्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सो बैठकपछि भोलि नै कोरोनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने बताइएको छ।

प्रकाशित मिति: १४:१४ बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्