विवेकशील साझाकाे अन्तर्राष्ट्रिय समिति भंग भएको घाेषणा
काठमाडाैं, पुस २४ : विवेकशील साझा पार्टीकाे अन्तर्राष्ट्रिय समिति भंग भएको बताइएकाे छन्।विवेकशील साझाका अन्तर्राष्ट्रिय सद्भाव समिति संयोजक सुरेश भट्ट विज्ञप्ति जारी गरी समिति...
काठमाडाैं, पुस २४ : विवेकशील साझा पार्टीकाे अन्तर्राष्ट्रिय समिति भंग भएको बताइएकाे छ।
विवेकशील साझाका अन्तर्राष्ट्रिय सद्भाव समिति संयोजक सुरेश भट्ट विज्ञप्ति जारी गरी समिति भंग भएको बताएका हुन्। उनले अध्यक्ष रवीन्द्र मिश्रसँग असहमति राख्दै आएका थिए।
भट्टले मिश्रको समूहसँग सम्बन्धविच्छेद गरेको घोषणा पनि गरेका छन्। ‘वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ सिराबाट संगठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय सद्भाव समूहहरूसँगै अन्तर्राष्ट्रिय समितिसमेत भंग भएको घोषणा गर्दछु।’
भट्टले असहज परिस्थितिमा समेत विवेकशील नेपाली दल र साझा पार्टीबिच एकीकरण भई बनेको विवेकशील साझा पार्टीमार्फत वैकल्पिक राजनीतिलाई नेतृत्व गर्न पाएको अवसरलाई दुरुपयोग गर्दै मिश्रले राप्रपामा मिसिनका लागि ‘बार्गेनिङ टुल’का रूपमा दुरुपयोग गरेकोमा विमति पनि जनाएका छन्।











