प्रस्ताव आए सहकार्य हुन सक्छ : पूर्वसहमहामन्त्री जोशी
काठमाडाैं, पुस २४ : नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कुनै पनि राजनीतिक दलबाट सम्झौताका लागि प्रस्ताव आए सहकार्यका लागि आफूहरु तयार रहेको बताएका...
काठमाडाैं, पुस २४ : नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कुनै पनि राजनीतिक दलबाट सम्झौताका लागि प्रस्ताव आए सहकार्यका लागि आफूहरु तयार रहेको बताएका छन्।
‘चित्तबुझ्दो तरिकाले प्रस्ताव आए कांग्रेससँग पनि सम्झौता हुन सक्छ,’ आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेससँग नभए अन्य पार्टीसँग पनि सम्झौता गर्न सकिन्छ।’ कुनै दलबाट पनि सहकार्यका लागि प्रस्ताव नआए आआफ्नो तरिकाले चुनाव लड्न सकिने नेता जोशीले बताए।
तनहुँ क्षेत्र नं. १ मा रहेका ४२ वटा वडामध्ये चालिस वडाका ९० स्थानमा पुग्दा स्थानीय जनताको उत्साह आफूप्रति मिलेको उल्लेख गर्दै उनले त्यस क्षेत्रका जनताले पाँच वर्ष सक्रिय राजनीतिमा आई दिन आकांक्षा जाहेर गरेको बताए। माघ मसान्तसम्म पालिकास्तरी भेला गराएर प्रशिक्षण दिने कार्यक्रम तय गरिएको उनले जानकारी दिए।
कांग्रेसको संगठन विस्तारमा आफ्नो धेरै लगानी भएको र २०१७ सालमा नेपाली कांग्रेस तनहुँको आफूले नै स्थापना गरेको उनको भनाइ थियो।











