प्रचण्डका स्वकीय सचिव मल्ललाई पनि कोरोना संक्रमण
काठमाडौं, पुस २४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।शुक्रबार बेलुका एन्टिजेन र...
काठमाडौं, पुस २४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार बेलुका एन्टिजेन र पिसीआर विधिबाट नमुना परीक्षण गर्दा आफूमा कोरोना पुष्टि भएको मल्लले सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्।
‘हिजो बेलुकी एन्टिजेन र पिसीआर विधिबाट परिक्षण गर्दा मेरो पनि कोरोना रिपोर्ट पोजिटिभ देखिएको छु,’ उनले आज (शनिबार) फेसबुकमा लेखेका छन्, ‘यो बीचमा सम्पर्कमा रहेका सबैले स्वास्थ्य सतर्कता अपनाइदिनुहुनेछ।’
अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण देखिएको छ। केही दिनअगाडि पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो।
प्रकाशित मिति: ११:४४ बजे, शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











